सन्दीप लामिछानेको बयानः गफ गर्दागर्दै कुर्सीमै निदाएको थिएँ

काठमाडौँ: बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान दिएका छन् ।

अनुसन्धान सकेर १० देखि १२ वर्षसम्म कैद हुनुपर्ने माग राख्दै प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयले सोमबार अदालतमा दर्ता गरेको थियो।

मंगलबारबाट थुनछेक बहस हुने बताइएको छ। हिरासतमा रहेका लामिछानेले भने आफूविरुद्ध लागेको बलात्कार आरोप अस्वीकार गरेका छन्। आफू निर्दोष रहेको उनको दाबी छ।

उनले भनेकी छन्,“ मैले बाटोमा एउटा भिडियो बनाउन खोज्दा सन्दीपले मेरो मोबाइल खोसेर होटल पुगेपछि दिउँला भनी फोन नियन्त्रणमा लिए । होटल नजिक पुग्दा मलाई मास्क छ कि छैन भनेर सोधेकोमा मैले आफुसँग मास्क छैन भनेपछि सन्दीपले मलाई जसरी पनि मास्क लगाउन भनी आफुले लगाएको मास्क खोलेर लगाउन दिइ होटलका सहयोगी अनिश भन्ने व्यक्तिसँग रुमको चाबी लिएर जाऊ भनी मलाई गाडीबाट ओरालेर आफु गाडी पार्क गर्न गएका थिए ।”

‘म धेरै बेर कुर्सीमा बसेको देख्दा उनले मलाई बेडमा आएर बस्न समेत आग्रह गरेकोमा हैन म यहीँ ठीक छु भन्दै निजको आग्रहलाई अस्वीकार गरी कुर्सीमा बसेँ र निज बेडमै थिइन्’ उनले भनेका छन्, ‘मैले मेरो मोबाइलमा बिहानको ६ बजे आलर्म लगाएर कुराकानी गर्दा म कुर्सीमै निदाएँ ।’

निद्राबाट बिउँझिदा पीडित भनिएकी किशोरी सुतिरहेको र उनलाई आफैंले उठाएको सन्दीपले बताएका छन् । बिहान ६ः४५ तिर होटलबाट निस्किएको उनले भनेका छन् । ‘निस्किएपछि मैले उनलाई म अब आफ्नो काममा बिजी हुन्छु, गेममा फोकस गर्नुछ भनेको थिएँ’, उनले भनेका छन््, ‘निज पनि खुशी हुँदै होटलबाट बाहिर निस्की गाडीमा आएर बसिन् र दुवै जना निजको होस्टलतिर गएर मैले उनलाई होस्टल नजिक छाडिदिएको थिएँ ।’

[sidebar name="button post"]