काठमाडौं: अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा बुधबार इंग्ल्यान्ड र आयरल्यान्डले दिनको पहिलो खेलमा प्रतिस्पर्धा गर्दा अर्को खेलमा अफगानिस्तानले आयरल्यान्डको सामना गर्दै छ।
समूह १ अन्तर्गत मेलबर्नमा हुने खेल ९:४५ मा इंग्ल्यान्ड र आयरल्यान्ड प्रतिस्पर्धा गर्दा दिउँसो १:४५ मा न्युजिल्यान्ड अफगानिस्तानसँग भिड्ने छ । समूहमा न्युजिल्यान्डस र इंग्ल्यान्डले आफ्नो पहिलो खेलमा जित निकाल्दै विजयी सुरुवात गरेकाले सेमिफाइनलमा आफ्नो दाबेदारी बलियो बनाउन लगातार दोस्रो जितको प्रयास गर्नेछन्।
सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र जिम्बावे छन् ।हरेक समूहबाट शीर्ष दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।









