बुटवलका पत्रकार रानाको मृत्यु

बुटवल: बुटवलका पत्रकार टेक मास्की रानाको मृत्यु भएको छ । दुई साता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो ।

उनको उपचारको क्रममा मृत्यु भएको हो । स्याङ्जा स्थायी घर भएका राना बुटवलस्थित रेडियो जागरणणको समाचार प्रमुख थिए। दुई दशकदेखि पत्रकारितामा गर्दै आएका उनले यसअघि नयाँदिशा दैनिक‚ समावेशी रेडियोमा काम गरेका थिए। यस्तै‚ उनले नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व कार्यसमिति सदस्य, लुम्बिनी प्रदेश कमिटी‚ नेपाल आदिवासी जनजाति पत्रकार महासंघमा काम गरेका थिए। रानाका एक छोरा र दुई छोरी छन्।

स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाएका थिए । केही वर्ष अघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् । घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको छ।

[sidebar name="button post"]