पोर्चुगलको सानदार जित

युइएफए नेसन्स लिगमा चेक रिपब्लिकमाथि सानदार जित निकाल्दै पोर्चुगल समूहको शीर्षस्थानमा उक्लिएको छ।

गएराति भएको खेलमा पोर्चुगलले घरेलु टोली चेक रिपब्लिकलाई ४–० ले हराएको हो।

पोर्चुगलको सहज जितमा डिएगो डालोटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक गोल गरे।

‍खेलको ३३ औं मिनेटमा डिएगो डालोटले गोल गर्दै पोर्चुगलले सुरूआती अग्रता लिएको थियो।

पहिलो हाफको इन्ज्युरी समयमा ब्रुनो फनाएन्डेसले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।

इन्ज्युरी समयमै चेक रिपब्लिकलाई पेनाल्टीको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा गोल अन्तर घटाउने मौका गुमायो।

५२ औं मिनेटमा डिएगो डालोटले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। सहज जिततर्फ अग्रसर बनेको पोर्चुगलका लागि खेलको 00 औं मिनेटमा रोनाल्डोको पासमा डिएगो जोटाले गोल गर्दै ४-० को सानदार जित दिलाए।

यहीँ समूहो अर्को खेलमा स्वीट्जरल्यान्डले स्पेनलाई हराएसँगै पोर्चुगललाई शीर्षस्थानमा पुग्न सहज बन्यो।

जितसँगै पोर्चुगल लिग ए ग्रुप दुई मा ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। स्पेन ८ अंकमा सिमित हुँदै दोस्रो स्थानमा झरेको छ। यस्तै ६ अंक जोडेको स्वीट्जरल्यान्ड तेस्रो तथा ४ अंक जोडेको चेक पुछारमा रहेको छ।

[sidebar name="button post"]