नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो ।
वरीयताको शीर्ष स्थानमा भने ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इङ्ल्यान्ड छन् ।
यसैगरी, छैटौं स्थानमा इटाली, सातौंमा स्पेन, आठौंमा पोर्चुगल, नवौंमा मेक्सिको र १०औं मा नेदरल्यान्ड्स छन् ।
[sidebar name="button post"]











