त्रिकोणात्मक टी–ट्वेन्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले लगातार तेस्रो जीत निकाल्दै फाइनलमा प्रवेश गरेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्यू गिनी पीएनजीलाई ३७ रन ले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६६ रन, रोहित पौडेलले ४१ र आशिफ शेखले ३८ रन बनाए । मोहम्मद आदिल आलामले ३१ र कुशल भूर्तेलले १७ रन जोडे ।
आरिफ शेखले अविजित २ र करन केसीले १ रन जोडे । दिलिप नाथ शून्य रनमा आउट भए भने अविजित रहेका कप्तान सन्दीप लामिछानेले पनि रन जोड्न असफल रहे ।
[sidebar name="button post"]











