इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको हो।
जितपछि युनाइटेड १५ खेलबाट २४ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । १६ अंकसहित क्रिष्टल प्यालेस १३ औँ स्थानमा छ ।
आइतबार राति भएको अर्को खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३–० ले पराजित गरेको छ । जितसहित २५ अंक जोडेको टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ ।
अरु खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दा लीड्स र ब्रेन्टफोर्डले २–२ को बराबरी खेलेका छन् ।












