राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ मा प्रमाणपत्र प्रदान गर्ने निश्चित आधार तयार गरेको छ ।
बोर्डले अङ्कन पद्दति वा (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७३ वा सोभन्दा कम भएका) अनुरुप परीक्षामा सहभागी विद्यार्थीहरुले कक्षा ११ र १२ का सबै विषयमा उत्तीर्ण भइ सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मक तर्फ न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गरेका विद्यार्थीलाई मात्र प्रमाणपत्र दिने मापदण्ड लागू गरेको छ ।
त्यस्तै अक्षराङ्कन पद्दति (रजिष्ट्रेशन नम्बरको शुरुको दुई अङ्क ७४ वा सोभन्दा बढी भएका) अनुरुप परीक्षामा सहभागी भइ कक्षा ११ र १२ का सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीले मात्र शैक्षिक प्रमाणपत्रका लागि निवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

[sidebar name="button post"]









