नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा

२७ असोज, काठमाण्डौ। नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशसँगको खेलमा अन्तिम समयमा नेपाली टिमले बराबरी गोल गरेपछि फाइनलमा पुगेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो । खेलको ८७ औं मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो ।

यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।