थप ३६५ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

२७ असोज, काठमाण्डौ। गत २४ घण्टामा नेपालमा थप ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६७१ पीसीआर परीक्षण गर्दा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै १ हजार ९२३ परीक्षण गर्दा ३९ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

बितेको २४ घण्टामा ४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ भने ६०९ जना निको भएर घर फर्केका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २६७ जना रहेको छ ।