इण्डियन प्रिमियर लिग क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हरायो

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

आबुधाबीमा राति भएको खेलमा मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य काेलकाताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

काेलकाता चौथो स्थानमा उक्लिएको छ । छैटौँ स्थानको मुम्बईले पनि ९ खेलमा ८ अङ्क जोडेको छ ।

जितसँगै काेलकाताले ९ खेलमा ८ अङ्क जोडेको छ ।