विश्वको सर्वोत्कृष्ट खेलाडी मध्येका एक बार्सिलोनाका स्टार खेलाडी सम्झौताबाट मुक्त भएका छन् । वर्ष दिन पहिले बार्सिलोना छोड्न चाहेका मेस्सी सम्झौतामा रहेको व्यवस्थाका कारण त्यहिँ बस्न बाध्य भएका थिए । तर अब बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरातसँगै समाप्त भएको हो ।
नयाँ सम्झौताका लागि छलफल जारी रहेको विश्वास गरिन्छ । यसको अर्थ मेस्सीले अझै पनि बार्सिलोनामै रहने निर्णय भने गर्न सक्ने छन् ।
उनमा इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सहितको चासो पनि छ । अब उनलाई भित्र्याउन चाहने क्लबले बार्सिलोनालाई कुनै पनि रकम तिर्नु पर्ने छैन ।
[sidebar name="button post"]









