आज मिति वि. सं. २०७८ साल असार १७ गते। बिहिबार। तपाईंको आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):
तपाईंको दिन लाभदायक छ। कसैबाट पैसाको लेन-देन र कसैलाई जग्गा जमिन नदिनुहोला। अधिक लाभ लिने लोभमा हानि नहोस् यस कुराको ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य स्वस्थ नरहला। कसैको भलाई सोच्दा आफुलाई नै विपत्ति आउन सक्छ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):
तपाईंको दिन शुभ फलदायी छ। धन वृद्दि तथा पदोन्नतिको योग छ। व्यपारमा गरिएको सम्झौतामा सफलता मिल्न सक्छ। परिवार तथा साथीसँग सुखद क्षणको आनन्द प्राप्त गर्न सक्नुहुन्छ। छोटो यात्रा हुन् सक्छ।
मिथुन- का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):
तपाईंको दिन शुभ- अनुकुलतामय रहला। कार्यालयमा सहकर्मचारी तथा अधिकारीसँग सम्बन्ध राम्रो रहनेछ। सामाजिक दृष्टिले मान-सम्मान वृद्दि हुनेछ। आफन्तसँग भेट हुँदा उपहार प्राप्त हुन्छ। स्वास्थ्य स्वस्थ रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):
तपाईंको लागि आरादायक दिन हुनेवाला छ। हरेक काममा सफलता मिल्नेछ। पदोन्नति हुने योग छ। पेसामा उच्च पदाधिकारी प्रसन्न रहनेछन्। महत्त्वपूर्ण विषयमा चर्चा-विचारणा हुनेछ। आमासँग सम्बन्ध सुदृढ रहला। सरकारको तर्फबाट लाभ प्राप्त होला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):
तपाईं को दिन मध्यम फलदायी छ। निर्धारित कामतर्फ ध्यान दिनुहोला। धार्मिक एवम् मांगलिक काममा दिन बित्नेछ। सन्तानको कारण चिन्तित रहनुहुन्छ एवम् व्यवसायमा बाधा उत्पन्न होला। विदेशमा रहेका आफन्तबाट खबर प्राप्त गर्नुहुन्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):
नयाँ कामको सुरुवात नगर्नुहोला। स्वास्थ्य सम्हाल्नुहोला। खासगरी बाहिरको खानपिन नगरेको नै उत्तम हुन्छ। परिवारसँग उग्र व्यवहारको कारण मन दुख्न सक्छ। सरकार विरोधी प्रवृत्ति वा झगडाबाट टाढा नै रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):
तपाईं को आनन्दमय रहनेछ। तपाईंको जीवनमा विपरित लिंगीय पात्र छाईरहनेछ। नयाँ कपडा खरिद गर्न सक्नुहुन्छ। तन वा मन तन्दुरुस्त रहनेछ। भोजन सुख प्राप्त होला। साथै मान-सम्मान वृद्दि होला।
:
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):
घरायसी जीवन शान्ति एवम् आनन्दमय रहनेछ। शारीरिक वा मानसिक स्वास्थ्य सुदृढ रहनेछ। रोगीको स्वास्थ्यमा सुधार हुनेछ। स्त्री मित्रसँग भेट हुनेछ एवम् माईतबाट समाचार मिल्नेछ। धन लाभ एवम् रोकिएको काम पूरा हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):
यात्रासकेसम्म टाल्नुहोला किनकी पेट सम्बन्धि रोग एवम् समस्या उत्पन्न हुनेछ। सन्तानको स्वास्थ्य वा अभ्यास सम्बन्धि चिन्ताले मन व्याकुल रहनेछ। कार्य-सफलता नहुँदा निराशा रहनेछ। साहित्य एवम् कला प्रति रुचि रहनेछ र काल्पनिक दुनियामा हराउनु हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):
तपाईंको शारीरिक स्वास्थ्य एवम् मनोदशा राम्रो रहनेछैन। परिवारमा झगडाको वातावरणले मन खिन्न हुनेछ। शरीरमा उर्जाको अभाव भएको महसूस हुनेछ। सामाजिक रूपले मानहानि होला। त्यसैले पानी एवम् स्त्रीबाट टाढा रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):
मानसिक रूपले सहज महसुस गर्नुहुन्छ। किनकी मनमा छाएको चिन्ताको बादल टाढा हुनाले मनमा उत्साहको संचार हुनेछ। घरमा भाई-बहिनीसँग भेटेर कुनै नयाँ काम गर्नुहुन्छ। साथी एवम् आफन्तसँग भेट हुनेछ। भाग्यवृद्दि होला। प्रतिस्पर्धि समक्ष विजय प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):
सकेसम्म खर्च धेरै नगर्नुहोला। तपाईंले आफ्नो रिस र बोलीमा ध्यान दिनुपर्ने हुन्छ। कुनै पनि प्रकारको झगडा वा मनमुटाव हुन सक्ला। खासगरी पैसा सम्बन्धित लेन-देनमा सावधान रहनुहोला। आफन्तसँग झगडा हुन सक्ला। नकारात्मक विचारलाई मनमा आउन नदिनुहोला।
राशिफलले जे जस्तो भनेपनि तपाईंको दिन शुभ रहोस्।








