युरोकप फुटबलमा आज पनि दुई खेल , पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनी दोस्रो खेल स्वीडेन र युक्रेन

युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् । आज हुने दुई खेलसँगै अन्तिम-१६ का सबै खेल सकिने छन् ।

आजको पहिलो खेलमा इंग्ल्यान्ड र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल स्वीडेन र युक्रेनबीच हुनेछ ।

इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । भने स्वीडेन र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । दुबै टिम आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन्।

स्वीडेन र युक्रेनबीच पाँचौं पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघिको चार खेलमा स्वीडेनले २ हार व्यहोरेको छ । यस्तै एक जित र एक बराबरी खेलेको छ ।

[sidebar name="button post"]