मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी, भोलि बुधबारदेखि ‘धेरै भारी’ वर्षाको सम्भावना

१५ असार, काठमाण्डौ। मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुको प्रभावले अहिले गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान विशेष बुलेटिन निकाल्दै भोलि बुधबारदेखि केही दिन ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहँदै मनसुन सक्रिय हुने भएकाले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहँदै प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

[sidebar name="button post"]