Ad #144479

कतार विश्वकप फुटबल २०२२ को छनौट अन्तर्गत आइतबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले जित दर्ता गरेका छन् ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह सी मा रहेका इटाली र स्वीट्जरल्याण्डले लगातार दोस्रो जित दर्ता गरेका हुन् ।

अवे मैदानमा भएको खेलमा इटालीले बुल्गेरियालाई २–० ले पराजित गरेको हो ।

अर्को खेलमा स्वीट्जरल्याण्डले लिथुवानियालाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा उसलाई जिताउन दोस्रो मिनेटमा शाक्वीरीले गरेको गोल नै निर्णायक बन्यो ।

समान ६ अंक भए पनि गोल अन्तरका आधारमा इटाली पहिलो स्थानमा छ।