Ad #144479

२३ फागुन, एजेन्सी। जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमारोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको सहयोगमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको बार्यनले बोरुसिया डर्टमुण्डमाथि ४–२ को जित दर्ता गरेको हो । भ्रमण टोलीका लागि खेलको दोस्रो र नवौँ मिनेटमा एर्लिङ्ग ब्राउट हल्याण्डले गोल गरि अग्रता दिलाए । तर लेवान्डोस्कीले ह्याट्रिक गरेर नतिजा बार्यनको पक्षमा पारेका हुन् ।

लेवान्डोस्कीले २६, ४४ र ९० औँ मिनेटमा गोल गरेका हुन् । ४४ औँ मिनेटको गोल उनले पेनाल्टीमा मार्फत गरे । बार्यनका लागि गोरेट्ज्काले ८८ औँ मिनेटमा गोल गरे ।

जितपछि शीर्ष स्थानको बार्यनको २४ खेलबाट ५५ अंक भएको छ । पराजित भएको बोरुसिया डर्टमुण्ड २४ खेलबाट ३९ अंकसहित छैटौँ स्थानमा छ ।