युभेन्टस इटालियन सिरी ए फुटबलको तेस्रो स्थानमा उक्लिन सफल

 युभेन्टस इटालियन सिरी ए फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

लिग अन्तर्गत सोमबार राति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले क्रोतोनेलाई ३–० ले पराजित गरेको हो । रोनाल्डोले ३८ र पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा हेड मार्फत गोल गरेका हुन् । यस्तै वेस्टन म्याकेनीले ६६ औँ मिनेटमा गोल गरे ।

जित निकालेको युभेन्टस २२ खेलबाट ४५ अंकसहित तेस्रो स्थानमा पुगेको छ । उ २३ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा रहेको इन्टर मिलान भन्दा ८ अंकले पछि छ ।

[sidebar name="button post"]