प्रिमियर लिगमा लिभरपुलकाे टोटेनहमविरूद्ध सहज जित

१६ माघ, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटेनहमविरूद्ध सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा लिभरपुलले टोटेनहमलाई ३-१ गोलले पराजित गरेको छ ।

टोटेनहमको मैदानमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्स्जेन्डर आर्नोल्ड र साडियो मानेले एक एक गोल गरे । टोटेनहमका पिएरे इमिलले एक गोल फर्काए ।

जितसंगै लिभरपुल तालिकाको चौथो स्थानमा उक्लिएको छ । लिभरपुलले २० खेलमा ३७ अंक जोडेको छ । टोटेनहमको ३३ अंकसहित छैटौँ स्थानमा छ ।

[sidebar name="button post"]