२९ पुस, काठमाण्डौ। मन्डेकाजी श्रेष्ठले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत उत्कृष्ट पुरुष वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका छन्। मंगलबार भएको अवार्ड कार्यक्रममा उनी वर्ष उत्कृष्ट पुरुष खेलाडी घोषित भएका हुन् ।
मन्डेकाजीले फुटबलका विकेश कुथू, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई पछि पार्दै अवार्ड जितेका हुन् ।
मन्डेकाजीले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई एकल र टीम कातामा गरी दुई स्वर्ण जितेका थिए।












