Ad #144479

आजको तपाईंको राशिफल

आज मिति वि.सं. २०७७ साल पौष २९ गते । बुधबार । इ.स.२०२१ जनवरी १३ तारिक । नेपाल संवत् ११४१ । पौष कृष्णपक्ष । आज काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेटमा,सूर्यास्त १७ बजेर २७ मिनेटमा । स्नानदानका लागि औंशी , गयामौनी र पौषी औँशी, वेत्रावति, विष्णुपादुका, वराहक्षेत्र, गोकर्ण हलोबार्ने ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :

बिहानको समय मध्यम रहेकोले छोटो दुरिको यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला । आफन्त तथा अग्रजसँग मनमुटाब बढ्नेछ । मध्यान्हबाट प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउंदै तपाईंकै नाम अग्र स्थानमा आउने छ । व्यापार व्यवसायमा भने जस्तो नाँफा कमाउन सकिने छ। माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बीच बिश्वास बढेर जाने छ । नयाँ नयाँ कामको प्रस्ताव आउने छ। नोकरीमा पदोन्नति हुनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसियाली छाउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :

काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाइ लेखाइ तपाईंको आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चाँसो रहेपनि गलत व्यक्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायी रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :

बिहानको समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिने छ । पढाइ लेखाइमा मन जाने छ भने पुरस्कार आफैंतिर ल्याउन सकिने छ । मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माईति बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ। पति पत्नी बीच दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :

आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि बिलाशि रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिने छ भने भौतिक सम्पती तथा स्थाई सम्पती जोड्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुदा मन प्रशन्न रहने छ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुशि रहनेछ । पढाइ लेखाइमा राम्रो नतिजा ल्याउँदै अगि बढ्न सकिने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :

मामा तथा मावलिबाट तपाईंको काममा सहयोग हुनेछ। परिवारका आवश्यकता पुरा गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईंको आफ्नै पक्षमा हुनेछन् । व्यापार व्यवसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ। व्यवसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिने छ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । बिहानको समय मध्ययम रहेकोले पढाइ लेखाइमा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :

अन्य क्षेत्रमा व्यस्त हुँदा पढाइ लेखाइमा तपाईंको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरिले तपाईंको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पती तथा बिलाशी सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहँदा नचाहँदै छुट्टीनु पर्ने बाध्यता आउने छ । व्यवसायमा लगानी गरेपनि प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :

बिहानको समय राम्रो रहेकोले आफन्त,दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममूखी काम गर्न सकिने छ । छोटो तथा रमाईलो यात्राको तय गर्न सकिने छ । उत्पादनमूखि व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिने छ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागी समय मध्ययम रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :

माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धी कमाउन सकिनेछ । समाजिक सम्बन्धहरु सुदृड भएर जानेछन् भने दाजुभाई तथा बन्धुबान्धबको सहयोग पाईने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :

बिहानको समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिने छ। माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगती गरी गन्तव्य भेटाउन सकिनेछ । मध्यान्हबाट वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । बिद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :

समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दापनि सकारात्मक नतिजा हात लागी हुने योग रहेकोछ । तपाईंको लुवाई खुवाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउंदा मन प्रशन्न हुनेछ । व्यापार व्यवसायमा प्रसस्त नाँफा कमाउन सकिनेछ। लगानि गर्ने वातावरण बनाउन सकिनेछ । बिहानको समयमा यात्रा गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :

बिहानको समय उत्तम रहेकोले बैंकिंङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेको छ । मध्यान्हबाट साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाईदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :

आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरुले सहयोग गर्ने तथा दाजुभाइहरुको समर्थनमा राम्रा काम गर्न सकिनेछ । बित्तिय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।

राशिफलमा जे जस्तो भनेपनि आजको तपाईंको दिन शुभ रहोस् ।