माहामारी को कारण नीरास दशैँ
हिन्दुहरूको महान चाड दशैँअसत्यमाथि सत्यको जितको मान्यतामा अाधारित छ साथै अाफान्त,मान्यजन,साथीसंगी भेट्ने,अाशीष लिने तथा सुखदुःख साट्ने सु अवसरपनि हो यो।समय,उमेर ,अाशा र उमंगमा यसको रमाइलोपन भरपर्छ । सायद बाल्यकालमा जस्तो दसैं त अब कसरी हुनु र ? म सानो छंदाबूढा पाका भन्थे-दसैं त केटा केटीको हो । जेसुकै भए पनि दसैं मा ग्रामीण क्षेत्रको स्वच्छ वातावरण अाफ्नो जन्मथलोसंग भावनात्मक सम्बन्ध ,माया र मनमोहक दश्यले अान्नद दिन्छ नै।
बाल्यकालमा दसैं फूर्सदको समय,विद्यालयको पनि लामो बिदा,पिङ खेल्ने ,मीठो खाने,राम्रो लगाउने र भविष्यका सुनौला अाशाहरू अङकुरित हुने मिठासयुक्त परिवेश हुन्थ्यो । थोरै बुझेर धेरै खुसी हुन पाईन्थयो।कक्षामा राम्रो पढेपुग्थ्यो । युवा भएपछि विभिन्न कामले गर्दा बाहिरिईयो । त्यसैले गर्दा coved 19 को कारण फूर्सदिलो समय पारेर पुराना अनुभव जोडेर यो लेख तयार पारियो।
सास्कृतिक र समाजिक पक्षमा कोरनाको असर !
सास्कृति जीवन पद्धति हो।संस्कृतिले अाचरण,व्यवहार र सम्भाव्यता निर्धारण गर्छ।सामाजिक संरचना र संस्कृति अन्तरसम्बन्धित हुन्छन्।सांस्कृतिक अभ्यासमाका रूपमा घटस्थापनादेखि नै दसैंको रौनक अाउंथ्यो । लट्टे पिङका लागि बाबियो,चोया र पाट उठाउन हिंडिन्थयो,रोटे पिङका काठ लिन जङ्गलमा गईन्थयो।पिङहरू बनाएपछि गाउँमा अर्कैरमाईलो छनक अाउंथ्यो।मादलका तालमा नाचगान हुन्थ्यो । टीकाको दिनमा धर्ती छोडनुपर्छ भनी सबै पिङ हाल्नको लागि तयारी हुन्थे तर यो बर्ष कोरनाको कारण नत मानिसहरू निजक भएर कुरानै गर्छन् नतगांउ घरमा दसैं को रमाइलो छ नतपिङहरू हाल्ने सुरसारनै छ।
पिङमा गाईने गीत ठाडो भाका र मादलको घिनघिनताङ हराएछ।
त्यसको बदलामा अायातीत संस्कृति,यु टुब,फेसबुक,अाईप्याड जस्ता प्रविधि को प्रयोग हुंदोरहेछ।अायातीत संस्कृतिले हाम्रो समाजका मूल्य र मान्यता माथि चौतर्फी अतिक्रमण भईरहेको छ । टीका लगाउन नजिकैको सहर र बाहिरबाट अाउनेहरू अाफ्नो गांउ होइन कि हजुरबुबा हजुरआमा भएको ठाउँमा पुगे अामाबुबाको घर अाएको प्रतीत हुन्थ्यो भनेहरू पनि यस्तो माहामारिको कारण अाफ्नो घर जान पाएको छैनन् उनीहरूमाथि एउटै कुराको डरछ माहामारी कसरी रोकिन्छ न हामीलाई पनि लाग्छकि भने डरले पनि मानिसहरू जहांरहेपनी सुरक्षित साथ बस्नुपर्ने भएको कारण उनीहरूलाई दसैं नीरस बन्दै गएको अनुभूति भयो ।
के माहामारिले गर्दा परम्परा संस्कृति कतै हराउँदै जानेत होईन???









