सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउपालिका वडा नं. १ भोताङ स्थित रहेको पाँचपोखरीको मुख्य विशेषता पाँच वटा तालको संयोजन हो । सँगै रहेको शिवमन्दिरको धार्मिक विशेषता र प्राकृतिक मनोरमता यसको अर्को आकर्षणको बिन्दु हो ।
समुन्द्रि सतहबाट चार हजार एक सय मिटरको उचाहिमा रहेको पाँचपोखरी काठमाण्डौ देखि ८२ किलोमीटरमा रहेको छ । सार्वजनिक बसको सातआठ घण्टाको यात्रा पश्चात र व्यक्तिगत सवारिसाधनको चारपाँच घण्टाको यात्रा पश्चात भोताङ्ग सम्म पुग्न सकिन्छ र त्यस पछि आठ नउ घण्टाको पैदल यात्रा पश्चात प्राकृतिक धार्मिक रुपले भरिपूर्ण पाँचपोखरी पुग्न सकिन्छ
हामिले पाँचपोखरी यात्राका क्रममा कैद गरेका केहि ढृष्यहरु