८ फाल्गुन, काठमाण्डौ। हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू-भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभाव कायमै रहने भएकाले भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने र केही ठाउँमा मेघगर्जनसहित चट्याङ्ग र वर्षा हुनसक्ने अनुमान छ ।












