७ फाल्गुन, काठमाण्डौ। देशमा कुनै उल्लेखनिय प्रणाली छैन। बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आइतबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। सोमबार पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।












