देशभर मौसम बदली, पश्चिमी क्षेत्रमा आज वर्षा र हिमपात

२६ माघ, काठमाण्डौ। बुधबार देशभर मौसम बदली हुनेछ।पश्चिमी क्षेत्रमा आज आज वर्षा र हिमपात हुने मौसमविद्ले बताएका छन् । अहिले यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली छ ।

बुधबार दिउँसो देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने मौसमविदहरुले बताएका छन्। उनीहरुका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। ।

यस्तै, आज वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँमा पनि हल्का पानी पर्ने छ । भोलि पनि वाग्मती, गण्डकी र प्रदेश १ का केही ठाउँमा पानी पर्ने अनुमान छ ।

पर्सिदेखि भने पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव हट्ने भएकाले मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । अब पानी पार्ने अर्को कुनै प्रणाली नआए बिस्तारै गर्मी बढ्दै जाने छ ।

[sidebar name="button post"]