देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव

१५ माघ, काठमाण्डौ । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। बिहान तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आइतबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ ।

[sidebar name="button post"]