आजको मौसम : मुलुकका थोरै स्थानमा वर्षाको सम्भावना

१० कार्तिक, काठमाण्डौ। आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस ।

यद्यपि, दिउँसो पहाडी भूभागमा बदली रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

राति पहाडी भूभागका एकरदुई स्थानमा वर्षाको सम्भावना छ । बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।