मौसम पूर्वानुमान : मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना

१४ असोज, काठमाण्डौ। आज बिहीबार काठमाण्डौ उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीका स्थान तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै बिहीबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ।

महाशाखाका अनुसार भारतको झारखण्ड र आसपास बनेको न्यून चाचीय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर छ ।

[sidebar name="button post"]