Ad #144479

१३ असोज, काठमाण्डौ। बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली भई एक-दुई स्थानमा वर्षा भइरहेको छ।

आज देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।