Ad #144479

७ असोज, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका अधिकांश क्षेत्रको मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि बाँकी भू-भागमा मौसम सफा रहनेछ ।

हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा झारखण्ड आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का बर्षा भइरहेको छ ।

काठमाण्डौ उपत्यकामा बुधबार राति वर्षा भए पनि बिहान घाम लागेको छ । शुक्रबार पनि केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शनिबार राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।