२ असोज, काठमाण्डौ। मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पोखरा र काठमाण्डौसहित पूर्वी नेपालमा वर्षा हुने आँकलन गरेको छ ।
नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यस्तो जानकारी दिएको हो। जसअनुसार प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।









