Ad #144479

२४ भदौ, काठमाण्डौ। नेपालमा न्यून चापीय प्रणाली र मनसुनको प्रभाव रहेको छ । जसका कारण बिहीबार बिहान प्रदेश १, २ र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ। देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।त्यस्तै राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।