२१ भदौ, काठमाण्डौ। काठमाण्डौ उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेको छ । हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको महाशाखाले जनाएको छ ।काठमाण्डौ, सिन्धुली लगायतका क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको छ ।
महाशाखाका अनुसार उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा पर्दा पानी परिरहेको हो । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बाग्मती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित ठूलो वर्षाको सम्भावना रहेको छ ।












