आजको मौसम : केही स्थानमा पानी पर्ने

१७ भदौ, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार सामान्यतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

मनसुनी वायुको सामान्य प्रभावका कारण अहिले देशभर सामान्य बदली रही प्रदेश १ का धेरै र प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।