९ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जनाएको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पनि देशभर सामान्यतया बदली रहेर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीकाे अवस्था रहेकाे छ।
महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
[sidebar name="button post"]











