मौसम पूर्वानुमान : देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

६ श्रावण, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा पानी पर्ने जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षाले पहाडी भू-भागमा भू-क्षय र नदी तथा खोलामा पानीको सतह बढ्ने भएकाले सतर्क अपनाउन महाशाखाले आग्रह गरेको छ।