९ असार, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले पनि मौसम प्रभावित भएको हो ।
प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ।
त्यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, बाग्मती प्रदेश, र गण्डकी प्रदेशका एक/ दुई स्थानमा मेघगर्जनचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।












