देशभर आंशिक बदली, पहाडी भेगमा वर्षाको सम्भावना

३ जेष्ठ, काठमाण्डौ। पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले आज दिउँसो देशका पहाडी भेगमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य बदली रही देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।