११ वैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रमा शनिबार आंशिक बदलीको अवस्था रहने जनाएको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण बदली भए पनि घाम पनि लाग्ने छ ।
अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बादली रहेको छ । अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भई रहेको छ ।
महाशाखाका अनुसार शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अरु क्षेत्रमा आंशिक बदली हुने छ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।
राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतय सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।









