Ad #144479

२ बैशाख, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।

पहाडी क्षेत्रमा सामान्यत तथा अरु भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय रेखाको समेत प्रभाव रहेकाले बदली भएको हो ।

अहिले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली भएको छ । बुधबार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना छ ।यस्तै राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।