Ad #144479

शसिन्द्र गौतम

रारा ताललाई नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा लिइन्छ । मुगु जिल्लामा रहेको रारा ताललाई राजा महेन्द्र बीरबिक्रम शाहले वि.स २०२० सालमा स्वर्गकी अप्सरा भनेर नामकरण गरेका थिए । रारा जान अहिले हवाई तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ ।

रारा तालमा स्थलमार्ग बाटा जाँदा जति रमाईलो हुन्छ त्यतिकै जोखिम पनि छ।

दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल स्थलमार्गबाट जाँदा देखिने मनोरम दृश्यले रारा ताललाई नै ओझेलमा पारिदिन्छ। धेरै मान्छेलाई रारा तालको दृश्यले मनमोहक बनाउँछ भने हामीलाई रारा तालसम्म जाँदा बाटोमा देखिएको मनोरम दृश्यले।

हामी रारा ताल जाँदा बाटोमा देखिएका केहि दृश्यहरु