६ चैत्र, काठमाण्डौ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको जनाएको छ ।
हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यस्तै आज काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा हावाहुरीसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार दिउँसो पनि काठमाडाैंका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र ०६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा अपरान्ह पछि मेघगर्जन/चट्टयाङ्ग/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राती : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०७ गते (शनिबार)

चैत्र ०८ गते (आईतबार)
दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।