२६ पुष, काठमाडौं । नेकपा पार्टीका उपाध्यक्षसमेत रहेका वामदेव गौतम गोरु ब्याउने अभियानमा जुटेका छन् । धेरैले पत्याएका छैनन् – वामदेवमा त्यो तिलस्मी क्षमता छ भनेर । तर गौतम अहिले नेकपा एकजुट गराउने राष्ट्रिय अभियान सञ्चालनको गृहकार्यमा छन् ।
प्रधानमन्त्री केपी ओली र नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षमा खुलेकाहरु सकेसम्म पार्टी विभाजन नै नभइहालोस् भन्ने पक्षमै थिए । तर नेताहरुको सत्तास्वार्थ र पद व्यवस्थापन नभएकाले पार्टी विभाजनको तहमा पुुगेको हो । त्यसैले वामदेव अब एक व्यक्ति एक पद अभियान सञ्चालन गर्न अग्रसर भएका छन् ।
गौतमले चाहे अनुसार नेकपा तत्कालै एकजुट हुने आधार देखिएको छैन । कम्तिमा एउटा चुनावसम्म त नेताहरु एकैथलोमा बस्न सक्ने अवस्था छैन । यो कुरा स्वयं गौतमलाई पनि ज्ञात छ । त्यसैले उनी मझधारमै बसेर दुबै पक्षको तर मार्न लालयित छन् ।
ओली सत्तामा रहेकाले उनीसँग टाढिन मन छैन गौतमलाई , तर तन भने प्रचण्ड–माधवसँग निकट रहन आतुुर छ । त्यसैले केही समय पर्ख र हेरको अवस्थामा छन् गौतम । कम्तिमा सर्वाेच्च अदालतको फैसला र निर्वाचन आयोगको निर्णय नआएसम्म गौतम कतै खुल्ने अवस्थामा देखिएनन्– निकटवर्ती स्रोत भन्छ ।
गौतमले यस्तो खेल खेलेर दुबै पक्षलाई अलमल्याउने काम गरेकाछ । साथै, यही निहुँमा उनी तेस्रो गुट निर्माण गर्न उद्यत् भएको बुझ्न सकिन्छ । नेकपाको दुबै गुटमा लागेर दुनो सोझ्याउन सफल भएका गौतम अहिले गुुटविहीन छन् । त्यसैले उनी गुुट नबनाई पार्टीमा हैकम गर्न नसकिने निचोडमा पुगेका छन् । त्यही निश्कर्षलाई बल दिन उनी तेस्रो गुट निर्माण गर्न कस्सिएका हुन् गाैतम ।
गौतमले दुबै पक्षलाई एकैथलोमा ल्याउने कुनै जादूको छडी चलाउने ल्याकत राख्दैनन् , अहिलेको विवाद वडा तहसम्म पुगिसकेकाले एकजुट हुने कुनै सम्भावना नै छैन ।









