Ad #144479

२४ पुष, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक एक सातापछि सारेको छ । पुष २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ र भोलि शनिबार एकसाथ ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम छ ।