२४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) धनगढी जाँदै छन् । पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेका हुन् ।
प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्। धनगढीमा हुने जनसभामा ५० हजार जनता उतार्ने नेकपा सुदूरपश्चिम (ओली समूह) को तयारी छ।
जनसभा सफल पार्न संघीय सरकारका चार जना मन्त्रीहरु केही दिन अघि देखि नै धनगढीमा खटिएका छन्। पार्टी विभाजनपछि सुदूरपश्चिममा ओली समूह कमजोर छ। नेकपाका ३९ जना सांसद मध्ये ओली समूहमा मात्रै ७ जना छन्।












