Ad #144479

२१ पुष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ‘ओली समूह’ले पुस २४ गते ‘शुक्रबार’ धनगढीमा बृहत जनसभा गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी तीव्र भएको जानकारी दिए । उनका अनुसार सभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

धनगढीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले बताएअनुसार जनसभाका लागि विभिन्न समिति गठन गरिएको छ । अध्यक्ष थापाको संयोजकत्वमा २ हजार ५२५ सदस्यीय मूल तयारी समिति गठन भएको छ ।