२० पुष, काठमाडौं । नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउने भएकाे छ । तरूण दलका अध्यक्ष जितजंग बस्नेतले सोमबार जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै कांग्रेसले घोषणा गरेका प्रदर्शनलाई थप प्रभावकारी र शशक्त बनाउन निर्देशन दिएका हुन्।
केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंबैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउनका लागि नेपाल तरुण दलको सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न/गराउन नेपाल तरुण दल केन्द्रिय समिति यसै परिपत्र मार्फत निर्देशन गर्दछ, तरुण दल अध्यक्ष बस्नेतले पठाएको परिपत्रमा उल्लेख छ।
विरोध प्रदर्शनका कार्यक्रम :
१. आगामी पुस २५ गते शनिबारका दिन ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।
२. माघ ३ गते शनिबारका दिन देशैभरका ७५३ पालिकहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।
३. माघ ८ गते बिहीबारका दिन देशैभरका ७५३ पालिकहरुमा ६,७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने ।












