Ad #144479

१९ पुष, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरामी पत्नी सीताको उपचारका लागि भारत जाने भएका छन् । आइतबार पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकमा दाहालले पत्नी सीताको उपचारका निम्ति आफू भारतको मुम्बई जान लागेको बताएका हुन् ।

मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित नहुने प्रचण्डको भनाई छ । पत्नी सीता पार्किन्सन जस्तो देखिने रोगबाट पीडित हुँदा अहिले गम्भिर अवस्थामा छिन् । उनलाई गत बुधबार मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । तर सञ्चो भएको थिएन । त्यसमाथि अवस्था जटिल भएपछि उनलाई उपचारका लागि भारत लैजान लागिएको हो । प्रचण्डले मुम्बईमा भारतीय शीर्ष नेताहरुसँग भेटघाट गर्न सक्ने अनुमान गरिएको छ ।