Ad #144479

१९ पुष्, काठमाडौं । सत्तारुढ नेकपाको बहमुत पक्ष अर्थात प्रचण्ड-माधव नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाडाँमा बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा दिउँसो बैठक शुरु भएको हो ।

यसअघि प्रचण्ड माधव नेपाल समूहको स्थायी कमिटी बैठक पुस ९ गते बसेको थियो । त्यसपछि पुस १४ मा देशभर प्रदर्शन गरेको प्रचण्ड माधव नेपाल समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा गरिसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक प्रदर्शनमा उत्रिएको प्रचण्ड माधव समूहले संसद पुनःस्थापना गर्न माग गरेको छ ।